थाइल्याण्ड र कम्बोडियाबीच शान्तिवार्ता शुरु !
काठमाडौं । मलेशियाको रजधानी क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ ।
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो । यस वार्ताको मध्यस्थता गरिरहेका मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमकै निवासमा वार्ता भइरहेको समाचार संस्था संस्थाहरुले जनाएका छन् ।
दक्षिणपूर्वी एशियाली मुलुकहरुको समूह आशियानको अध्यक्षका रुपमा मलेशियाका प्रधानमन्त्री मध्यस्थकर्ता बनेका हुन् । गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ । द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ६० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।
क्वालालम्पुरमा दुई देशका नेताबीच वार्ता भइरहेपनि सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीबीच लडाइँ भइरहेको छ । एपीका अनुसार कम्बोडियाको मियान्चे प्रान्तमा गोलाबारीको आवाज सुनिएको छ । मलेशियाका प्रधानमन्त्री इब्राहिमले दुबै पक्षले शान्तिका लागि आवश्यक सर्त अघि सार्ने अपेक्षा गरिएको छ । यद्यपि वार्तामा तत्काल युद्धविराम गर्ने विषयलाई पहिलो प्राथमिकता दिइएको छ ।
यसअघि गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकलाई शान्ति वार्ताका लागि दबाब दिएका थिए । उनले दुई देशबीच द्वन्द्व कायम रहे त्यसले अमेरिकासँगको व्यापार सम्झौतामा असर पार्ने चेतावनी दिएका थिए ।
क्वालालम्पुरका लागि उड्नुअघि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले यस वार्तामा अमेरिका र चीनका प्रतिनिधि पनि पर्यवेक्षकका रुपमा सहभागी हुने जानकारी दिएका थिए । अधिकारीहरुले यस वार्तामा मलेशियाका लागि अमेरिकी र चिनियाँ राजदूतले पर्यवेक्षकको भूमिका निर्वाह गर्ने पुष्टि गरेका छन् ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












