अमेरिकी नौसेना न्युजिल्यान्ड फर्किने, उप राष्ट्रपति र विदेशमन्त्री पनि न्युजिल्यान्ड भ्रमणमा
वेलिङ्गटन, ६ साउन । बिगतका तीन दशकपछि अमेरिकी नौसेना न्युजिल्यान्डको जल क्षेत्रमा फर्किने भएका छन् । ३२ वर्ष अघि आणविक उत्पादन र भण्डारणका बिरुद्ध अमेरिका र न्युजिल्यान्डबीच खटपट पैदा भई आपसी सम्बन्धमा धाँजा फाटेपछि नौसेना फिर्तिको यो पहिलो चरण हो ।
अमेरिकी उपराष्ट्रपति जो वाइडेन र विदेशमन्त्री जोहन केरीले बिहीबार न्युजिल्यान्डको भ्रमण गर्ने निधो गरेलगत्तै अमेरिकी नौसेनाले पनि सो निर्णय गरेको जनाइएको छ ।
उपराष्ट्रपति स्तरमा सन् १९७० यता यो नै पहिलो पटक न्युजिल्यान्ड भ्रमण हुन गएको छ भने अमेरिकी उपराष्ट्रपति बाइडेन तथा बिदेशमन्त्री जोहन केरी एक दिने न्युजिल्यान्डको भ्रमणको सिलसिलामा बिहिबार अकल्यान्ड पुग्नु भएको छ ।
आगामी नोभेम्बर महिनामा अकल्याण्डमा आयोजना हुन गै रहेको न्यूजिल्याण्ड नौसेनाको ७५ औं स्थापना दिवस तथा समारोहमा भाग लिन अमेरिकी नौसेनाले पनि न्यूजिल्याण्डको निमन्त्रणा स्वीकार गरेको कुरा उहाँहरु दुबैजनाले सञ्चार माध्यमलाई बिहीबारै जानकारी दिनु भयो ।
सो समारोहमा नौसैनिक पानीजहाज, पनडुब्बी जस्ता जलयुद्ध पोत र अन्य सामुद्रिक युद्ध उपकरणहरुको पुनरावलोकन समेत हुने जनाइएको छ ।
यता, न्युजिल्यान्डको जलक्षेत्रमा अमेरिकी नौसेना फिर्तिको विरोध जनाउन स्थानीय शान्ति तथा मानव अधिकारकर्मी संस्था ग्रीनपिस न्यूजिल्याण्डका कार्यकारी निर्देशक रसेल नम्र्यानले भने तटियक्षेत्रमा धर्नाको कार्यक्रम गरिने बताएका छन् । “३२ वर्षसम्म हामी आफ्नै खुट्टाको भरमा उभियौं । अहिले आएर अमेरिकी सामरिक वा आणविक सहयोग किन चाहियो रु” रसेलको प्रश्न थियो ।
यस अघि सन् १९८० को शुरुवात मा उक्त संस्थाले अमेरिकी नौसेना न्यूजिल्याण्ड छोड जस्ता अभियान चलाएको थियो । त्यसको केही पछि न्यूजिल्याण्ड सरकारले अमेरिकी नौसेनालाई न्यूजिल्याण्डको सामुद्रिक क्षेत्रमा आणविकशक्तियुक्त जलपोत ल्याउन प्रतिबन्ध लगाएको थियो ।
जवाफमा अमेरिकी सरकारले न्यूजिल्याण्डलाई दिँदै आएको सुरक्षा तथा सामरिक सहयोगमा रोक लगाएको थियो । तर हालैका केहि बर्षमा दुइ देशबीच सैनिक सम्झौतामा परिमार्जन भएको छ । सो परिमार्जित सम्झौता वाशिङ्गटन एण्ड वेलिङ्गटन डिक्लेरेशन नामबाट परिचित छ । रासस /सिन्ह्वा
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...