इरानी पूर्व राष्ट्रपति रफ्सञ्जानीको निधन
तेहरान (इरान), २५ पुस । इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्व राष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो ।
उहाँलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो तर उहाँलाई बचाउन गरिएको उपचार प्रयासले सफलता पाउन सकेन । आइतबारै उहाँलाई मृत घोषण गरियो ।
यसैबीच इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले आफ्ना पुराना मित्र तथा इरानका पूर्व राष्ट्रपति रफ्साञ्जानीको आकस्मिक निधन भएको भन्दै उहाँको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
खामेनीले १९७९ को इस्लामिक क्रान्तिमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै मुलुकले एक कर्मयोद्धालाई गुमाएको बताउनुभएको छ ।
इरानी राष्ट्रपति हसन रुहानीले पनि पूर्वराष्ट्रपति रफ् साञ्जानीको निधनप्रति शोक सन्देश जारी गर्दै मुलुकले एक इमान्दार, राष्ट्रप्रेमी एवम् कर्मठ व्यक्तिलाई गुमाएको बताउनुभएको छ । राष्ट्रपति रुहानीले उहाँलाई क्रान्ति, धैर्य र प्रतिरोधका प्रतिक भन्नुभएको छ ।
उहाँको निधनप्रति रुहानी प्रशासनले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सन् १९३४ मा जन्मनुभएका रफ्साञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र हुनुहुन्थ्यो ।
सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानी ले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने जीवनको उत्तराद्र्धमा उहाँलाई अनुदार कट्टरपन्थीहरुका लागि चुनौतीपूर्ण व्यक्तित्वका रुपमा लिइने गरिन्थ्यो । रासस/एएफपी
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...