शशि भवनमा प्रधानसेनापति क्षेत्रीले गरे पूर्व प्रधानसेनापतिहरुको गोप्य भेला
काठमाडौं, ३ माघ । राजनीतिक सहमती जुट्न नसकिरहेका बेला नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पूर्व प्रधानसेनापतिहरुसंग अर्थपुर्ण भेटघाट गरेका छन् । संविधान संशोधन र सिमानकंनको विषयलाई लिएर दलहरुवीच कटुता चुलिएका बेला प्रधानसेनापति क्षेत्रीले पूर्व प्रधानसेनापतिहरुसंग गरेको छलफललाई अर्थपुर्ण रुपमा हेरिएको सुरक्षाका जानकारहरु वताउँछन् ।
प्रधानसेनापतिको निजी निवास शशिभवनमा आइतवार राती भएको छलफलमा पुर्व प्रधानसेनापतिहरु अर्जुनरसिंह राणा, प्यारजंग थापा, प्रज्वलशमशेर राणा,रुकमाङगत कटुवाल,छत्रमानसिंह गुरुङ र गौरवशमशरेर राणालगायतको उपस्थिती थियो ।
प्रधानसेनापति क्षेत्रीले सामाजिक संजाल फेसवुकमा भेटघाटको पुष्टि गर्दै प्रधानसेनापतिहरुसंगको भेटघाट तथा छलफलले सवै मिलेर एउटा साझा मंच मार्फत देश,जनता र सेनालाई सम्बृद्धिको बाटोतर्फ डोर्याउने उत्प्रेरणा मिलेको बताएका छन् । उनले छलफलका क्रममा प्राप्त भएका अमुल्य सुझाव र अनुभवले भेटघाट निकै प्रेणादायी र ज्ञानवर्धक बनेको दावी गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सहायकरथी तारावहादुर कार्कीले भेघाटलाई सामान्य रुपमा लिनुपर्ने बताए । ‘यो नियमित भेटघाट हो, सहायकरथी कार्कीले भने, यसलाई फरक ढंगले वुझ्न जरुरी छैन ।’
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...
-
कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा...
-
१९ वर्षमुनी महिला टी–२० विश्वकप एशिया छनोट: आज नेपाल र थाइल्याण्ड खेल्दै
काठमाण्डौ । युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ ।...
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
काठमाडौँ : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
काठमाडौं । देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति...