ताजा समाचार

सपथग्रहणको पूर्व सन्ध्या यौनदुर्व्यवहारको मामिलामा यसरी फसे ट्रम्प

न्युयोर्क – अमेरिकाका नव निर्वाचित राष्ट्रपतिमाथि यौन दुर्व्यवहारको आरोप लगाउने ४१ वर्षीय एक पूर्व रियालिटी शोको सहभागी समर जर्वासले मानहानीको मुद्दा दर्ता गरेकी छिन् ।

जर्वासले सन् २००७ मा ट्रम्पले उनीमाथि दुर्व्यहार गरेका थिए । उनले ट्रम्पले आफ्नो व्यवहारलाइ लिएर देशसँग झुठो बोलिरहेको आरोप लगाएकी छिन् ।

पत्रकार सम्मेलन गर्दै जर्वासले मुद्दा दर्ता गर्ने घोषणा गरेकी हुन् । सम्मेलनमा बोल्दै उनले भनिन्, ‘ट्रम्प झुठो र महिलाबिरोधी हुन् । ट्रम्पले मेरो मानहानी गरेका छन् ।’

ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रुपमा शपथ लिँदै छन् । उनले भनिन्, ‘ट्रम्पलाई मैले मेरो बारेमा भनिएको शब्दहरु फिर्ता लिन आग्रह गरेको थिएँ । तर, उनले अस्वीकार गरे । मसँग मुद्दा दर्ता गर्नुबाहेक अरु कुनै विकल्प रहेन । मेरो सत्यलाई पुष्टि गर्न मैले मुद्दा दायर गरेकी हुँ ।’

पत्रकारसम्मेलनमा उनीसँग उनको वकिल ग्लोरिया एलर्ड पनि थिइन् । एलर्ड डेमोक्रेटिक पार्टीकी सदस्य हुन् । राष्ट्रपतिको रेसमा ट्रम्पअघि बढेपछि धेरै महिलाहरुले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । जर्वास पनि त्यही महिलाहरुमध्ये एक हुन् ।

उनका अनुसार ट्रम्पसँग उनले वेवर्ली हिल्स होटलमा भेट्न पुगेकी थिइन् । त्यहाँ नै ट्रम्पले उनीमाथि यौनदुव्र्यवहार गरेका थिए । तर, आफू त्यहाँबाट बचेर भाग्न सफल भएको बताइन् ।उता ट्रम्पले भने यस्ता आरोपको खण्डन गर्दै जर्वासमाथि कारवाही अघि बढाउने बताएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org