ताजा समाचार

घरभित्रै बसेर नायक अनमोल केसीले…

काठमाडौं ।  युवास्टार अनमोल केसी आफ्नो पाँचाैँ फिल्म ‘कृ’को सुटिङअघि घरबाट बाहिरै ननिस्किने सुरमा छन् । उनी त्यस अवधिमा मिडिया, फिल्मी कार्यक्रम त परै जाओस् आफन्तले पनि आफूलाई नबोलाऊन् भन्ने चाहन्छन् रे ! यो दाबी अनमोलका बाबु भुवनको हो । ‘अनमोल ‘कृ’को सुटिङअघि घरबाहिर निस्किनै चाहँदैन,’ भुवनले भन्ने गरेका छन्, ‘ऊ पूर्ण रूपले क्यारेक्टरमा भिज्न चाहन्छ । त्यसैले बाहिर निस्किन मान्दैन ।’ फागुनबाट सुटिङ सुरु गरिने भनिएको ‘कृ’को प्रदर्शन मिति भने तोकिसकिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने ‘कृ’ आगामी ०७४ को भदौ १६ गते प्रदर्शन गरिने निर्माणपक्षले घोषणा गरेको छ । अनमोल मुख्य भूमिकामा अभिनीत चारवटै फिल्म– ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ हिट भए । निकै ‘रिजर्भ’ बस्ने गरेका अनमोलले ‘साथी म तिम्रो फिल्म’को एउटा गीतमा नृत्य गरेका थिए । तर, सो फिल्म औसतभन्दा माथि भएन । घरको घरमै बस्दा दर्शकले बिर्सिन पनि सक्लान्, यसबारे पुत्रलाई सम्झाउने पो हो कि भुवनजी ? 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org