स्थानीय तह निर्वाचनका लागि टुंगो लाग्यो २ वटा विधेयक
काठमाडौं, १० माघ । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने ५ मध्ये २ वटा विधेयकको टुङ्गो लगाएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा विधेयकमाथि छलफल गर्न बनेको उपसमितिले केही फरक मतसहित मतदाता नामावली र निर्वाचन आयोग सम्बन्धी विधेयक बुझाएको हो ।
राज्य व्यवस्था समितिले ती विधेयकहरु संसदमा अघि बढाउने भएको छ । राज्य व्यवस्थाले गत पुस ९ गते उपसमिति बनाएर ती विधेयकमाथि छलफल चलाएको थियो । ती विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरक मत दर्ता गर्नुभएको छ ।
निर्वाचन आयोगले माघको मध्यसम्म चुनावका लागि आवश्यक पर्ने कानुनहरु निर्माण भए मात्रै स्थानीय तहको निर्वाचन सम्भव रहेको बताएपछि उपसमितिले समयसीमाभित्रै त्यसको टुङ्गो लगाउने तयारी थालेको छ । अहिले केहीबेरमा बस्ने उपसमिति बैठकमा राजनीतिक दल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको बिधेयकमाथि छलफल शुरु हुने फुयाँलले बताउनुभयो ।
त्यसपछि निर्वाचन कसुर र सजायं तथा स्थानीय तहको निर्वाचन सम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकमाथि छलफल थाल्ने योजना उपसमितिको छ । माघ १५ भित्रै ५ वटै विधेयकहरु संसदलाई बुझाउने तयारी राज्य व्यवस्था समितिको छ ।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...