इतिहास : राजतन्त्र हटाउन माधव नेपालले यस्तो प्रस्ताव गरेका थिए
जनआन्दोलन निरन्तर बढिरहेकै बखत पाटनको च्यासलमा मालेको केन्द्रिय समिति बैठक बस्यो । महासचिवले बैठकमा एजेन्डा राखेपछि केन्द्रीय सदस्यहरुले थप एजेन्डाहरुबारे आ–आफ्नो धारणाहरु राख्ने चलन थियो । महासचिव मदनले एजेन्डा पेस गरेपछि माधवले सुरुमै प्रस्ताव राखे,‘यो आन्दोलनलाई उचाईमा पु¥याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।’
‘के सहयोग ?’ मदनले सोधे ।
‘हतियार सहयोग,’ माधवले सगर्भ भने ।
‘हतियार चलाउन तालिम लिनुप¥यो । हामीसँग अनुभवी कार्यकर्ता छन् र ? मदनले ‘हतियार चलाउने मानिसपनि आउँछन्,’माधवले फरर्र उत्तर दिए । आन्दोलनलाई गणतन्त्रमा पु¥याउन सहयोग स्विकानुपर्ने व्याख्या समेत सुनाउ,माधवले ।
म र सीपीले बोल्ने समय मागेका थियौ । मदनले चुप लाग्न इसारा गरे । र,आफैं बोले,‘होइन विवेक (माधवको भुमिगत कालको नाम) कमरेड यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रिय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लाल सेना आए पनि हामी स्विकार्दैनौं । इतिहासको विकासक्रममा राजतन्त्र स्थापित भयो । आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्रमाण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिष्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नोस् ।’ माधवको प्रस्ताव माइन्युट त हुनै पाउन नै,बोली नै फिर्ता लिन लगाए,मदनले ।
त्यसपछि चैत २ गते च्यासलमै मालेको केन्द्रिय कमिटीको अर्को बैठक बस्यो । अघिल्लो बैठकमा अस्विकृत प्रस्ताव फेरि माधवले दोहो¥याए,‘एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ । हतियार नेपालीले नै प्रयोग गर्नेगरी ।’
‘कसरी’ मदनले सोधे ।
‘भारतीय सेनामा कार्यरत नेपाली जवानहरुलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरुले ती हतियार चलाउनेछन् । अब जसरी पनि गणतन्त्र ल्याउनुपर्छ ।,’ माधवले निर्धक्क भने ।
सन् १९९१ मा भारतीय पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या भयो । उक्त घटनाका लागि नेपालकी रानी ऐश्वर्याले १० करोड रुपैयाँ तलिम विद्रोहीलाई दिइएको भन्ने हल्ला थियो त्यसबखत । वास्तविक थाहा छैन । तर,यही विन्दुदेखि भारत नेपाली राजदरबारसँग देखिने गरी वैरभावमा उत्रिएको थियो । राजदरबार फालने अनेक दाउमा थियो,भारत । त्यसैले उसले पञ्चायतविरोधी शक्तिलाई उचालेर राजतन्त्र मास्ने उपयुक्त अवसर देखेको हुन सक्छ । यदि मालेले उक्त प्रस्ताव मानेको भए राजतन्त्र फाल्न माओवादी एक दशकको रक्तपात कुर्नु पर्दैनथ्यो । अपितु देशको सार्वभोम र सभिमानको बास भने पैतालाकमुनि हुने थियो । यसपटक मदनले अघिल्लो पटक भन्दा बेस्सरी झाँटेपछि माधवले फेरि त्यस्तो प्रस्ताव ल्याएनन् । मदनकै अडानले राष्ट्रघाती कमद रोकियो,त्यस बेला ।
राधाकृष्ण मैनालीद्वारा लिखित पुस्तक ‘नलेखिएको इतिहास’ बाट हामीले साभार गरेका हौं । पुस्तक २९ माघ शनिबार प्रज्ञा प्रतिष्ठानमा विमोचित गरिएको थियो । –सम्पादक
Comments
अरु समाचार
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...