राप्रपा महाधिवेशन : उपत्यकाका ५४ स्थानबाट पदयात्रा सुरु
काठमाडौँ, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट पदयात्रा सुरु गरेका छन् ।
पार्टीको आज हुन लागेको महाधिवेशनका लागि बालाजु, नयाँ बसपार्क, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथलगायत स्थानबाट ¥याली निकालेका हुन् । विभिन्न जाति तथा समुदायका वेशभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी निकालिएको सो जुलुस केहीबेरमा समारोहस्थलमा आइपुग्नेछ ।
प्रवक्ता राजाराम श्रेष्ठले उद्घाटन कार्यक्रमको विभिन्न रेडियो तथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उक्त समारोहको समाचार सङ्कलनका लागि त्यहाँ आउने विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिलाई सूचना सङ्कलनका लागि सञ्चार कक्षको समेत व्यवस्था गरिएको छ ।
महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगैँचामा बन्दसत्रका कार्यक्रम तय गरिएको छ । यही फागुन ९ गतेसम्म जारी रहने उक्त महाधिवेशनका लागि करिब रु एक करोड ५० लाखको खर्च विनियोजन गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसरले त्यस क्षेत्रमा चल्ने निजी तथा भाडाका सवारीसाधनलाई आज सिंहदरबार क्षेत्रबाट मार्ग परिवर्तन गराएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
प्रधानमन्त्रीसँग बंगलादेशका मन्त्री हसनको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार...
-
जर्मनी एकीकरण दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठामाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा.थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको...
-
न्यायलय सुधार गर्ने वरिष्ठ न्यायाधीश राउतको २४ बुँदे कार्ययोजना
-सजिव कालाखेती काठमाडौं । सर्वोच्च अदालतमा कल्याण श्रेष्ठको कार्यकाल यता सबै भन्दा सक्षम,योग्य,इमान्दार,अनुभवी,लोकतान्त्रिक, बौद्विक र कार्यकुशल प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत...
-
सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध...
-
बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलना मुद्दा दर्ता
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको छ। न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले...
-
राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र...