जापान पठाउने नाममा ठगरे भागेका तामाङलाई प्रहरीले च्याप्पै समायो
काठमाडौं । जापान पठाउने भन्दै ठगीमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको सर्स्युखर्क– ७ घर भएका देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
राजधानीको बसुन्धारामा रहेको इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी सञ्चालक तामाङले आकर्षक तलवको सुविधा भएको भन्दै कुक भिषामा जापान पठाउने नाममा १४ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर खोटाङका छपन सरी राईको नामको होटल ट्रेनिङ प्राप्त गरेको र होटलमा काम समेत गरेको अनुभव भएको भन्ने नक्कली कागजात बनाएर ठगी गरेका हुन् । यस्तै उनले धादिङका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, शम्भु प्रसाद लोहनी, काठमाडौंको सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई एग्रीकल्चरल रिसर्च भिषामा आकर्षक तलवमा जापान पठाईदिने उनीहरुसँग १८ लखा ९५ हजार रुपैयाँ लिए । उनीहरुलाई विदेश नपठाई तामाङ फरार थिए । ठगिएकाहरुले महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले तामाङको खोजी थालेको थियो । तामाङ बसुन्धाराबाट पक्राउ परेका छन् ।
Comments
अरु समाचार
-
दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु
काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश...
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...