ताजा समाचार

दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा पनि २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् एसपी रुपेश खड्काले दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरे । उनकाअनुसार अहिले प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगिसकेको छ। दुर्घटनामा घाइतेहरुको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णालीय कियरमा भर्ना गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org