ताजा समाचार

जुत्ता सिलाएरै छोराछोरीलाई महंगो स्कूलमा

सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगडीचोकको छेउमा टहरा छापिएको छ । बजार जानेहरु बाटो त्यही हुदै जान्छन् । त्यही छाप्रोमा ६० वर्षीय देउमा मिजार ४ वर्षदेखि च्यातिएका र चुडिएका जुताचप्पल टालेर बसेकी छन् ।

दैलेखबाट सुर्खेत आएको १२ वर्ष भइसके छ । घरमा ठूलो परिवार छ । ४ जना छोरा छोरीहरुलाई पालनपोषण शिक्षा/दीक्षा दिनकै लागि भएपनि उनी जुटेकी यसरी बसेकी हुन् । छोराछोरीलाई गाउँमा कुटो कोदालो गरेर उनले हुर्काइन् । सुर्खेत आइसकेपछि भने श्रीमान/श्रीमती मिली जुत्ता सिलाएर जीवन चलाउँदै आएका छन् ।

तर,उनलाई एउटा पेसा गरेर बस्ने सुर चल्यो । र, उनले छाला जुत्ता मर्मत पसल थालिन । फाटेका जुत्ता खुब टालिन । तर, उनको जीवन कहिलै फाटेन । बरु तिनै फाटेका जुताले उनले जीवन सिलारह्यो ।

सुरुमा त बजार पनि त्यति विस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो । तर, विस्तारै उनी आफ्नो सीपमा पेसागत हुँदै गईन । जुत्ता सिलाएरै जीवन चल्ला भन्ने उनलाई विश्वास नै थिएन । तर, अचेल उनी दङ्ग छिन् ।
उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट देखिएकी छन् । एउटा मज्जाको कुरा के छ भने नि देउमा मिजार ४ वर्षदेखि जुता सिलाएर गुजारा मात्र चलाएकी छैनन् है, उनका छोराछोरीलाई बोर्डिङ स्कुलमा महङ्गो शुल्क तिरेर पढाएकी छन् ।

देउमा एक जना पात्र मात्रै थिइन् । उनी जस्ता धेरैले जुता सिलाउने पेसालाई अँगालेका छन् । वीरेन्द्रनगर १९ जयपुरका गंगाराम सार्की अहिले ६३ वर्षको भए । घरमा नुनतेल खाने पैसा नहुँदा च्यातिएका जुता सिलाउदै आएको ४ वर्ष भएको उनले वताए ।
उनले भने,‘घरमा छोराछोरी छन् । काम केही छैन । घरमा बस्ने खाने गरेको छन् । हामी बुढाबुढीलाई चिन्ता हुन्छ । बिहान–बेलुका काम गरि खाने जाती हो । उनले दुखेसो गरे कहिले दिनभरी बसीबसी मात्र घरमा जान्छौ कमाईको एकिन छैन । कहिले दिनमा २ ÷४ सय हुन्छ कहिले ५ पैसा पनि हुँदैन ।
गंगाराम आँखाले च्यातिएको र फाटेको ठाउँ देखे पुग्छ । अब यो पेसा पनि संकटमा पदै गएकोले बाँच्न धौधौ हुन बताए । अर्को पश्चिम सुर्खेत बाबियाचौरका बल सार्कीको पनि पेशा यही छ । बाबियाचौरमा जुता सिलाउनेको संख्या धेरै भएपछि सुर्खेत एरिचोकमा घर भाडामा बसि जुता सिलाउने पेशा अगालेको छन । ३ वर्षदेखि वीरेन्द्ररको मंगलगडीचोकमा जुता सिलाउदै आएका छन् ।
७ जनाको परिवार चलाउनकै लागि कति पटक भारत पुगेका बलबहादुर भारतमा केही सम्भावन नदेखेपछि नेपाल फकिएका थिए । स्थानीय मंगलगडचौकमा बसी ७ जनाको परिवार पाल्दैको बताए ।
उनले भने,‘कमाईको ठेगना छैन कहिले ३ सय हुन्छ । कहिले ५० रुपैया हुन्छ । घर भाडा तिरेर खान लागउन ठिक हुन्छ ।’ उनी बिहान १० बजे आफनो ठाउँमा आइपुग्ने गरेको बलबहादुरले बताए । अहिले आफनो पेशमा सन्तुष्ट भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org