ताजा समाचार

अमेरिकाको केन्द्रीय बैंकले बढायो व्याजदर,अब के हुन्छ ?

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.२५ प्रतिशतले व्याजदर बढाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले व्याजदर बढाएको हो ।  फेडकी अध्यक्ष जेनेट येलेनले यसै वर्ष अझ दुई पटक व्याजदर वृद्धि गर्न सकिने बताएकी छिन् । यो वर्षको अन्त्यसम्मका व्याजदर १.४ प्रतिशत पुग्न सक्ने उनले बताइन् ।   यसअघि बैंकले २०१६ को डिसेम्बर महिनामा २.२५ प्रतिशतले नै व्याजदरमा वृद्धि गरेको थियो । डिसेम्बरमा ०.५ प्रतिशतबाट बढाएर ०.७५ प्रतिशत पुर्याएको ब्याजदर अब एक प्रतिशत पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org