म्यूजिक भिडियोमा लमजुङका पर्यटकीय गाउँ
लमजुङ, ४ चैत । पछिल्लो समय जिल्लाका पर्यटकीय गाउँलाई म्युजिक भिडियोमा समावेश गरिन थालिएको छ ।
गाउँको पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियोमा समावेश गर्न थालिएको घलेगाउँ ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि तयार पारिएका प्रायः सबै म्युजिक भिडियोमा गाउँको विविधतालाई समेटिएको छ । स्थानीय संस्कार, संस्कृति, वेषभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातत्विक सम्पदालाई भिडियोमा समेटिएको छ ।
पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङले म्युजिक भिडियो हेरेपछि पर्यटक थप आकिर्षत भएका बताउनुभयो । “म्युजिक भिडियो सबैले हेर्ने भए, गाउँमा जे छन्, सबै देख्छन्,” उहाँले भन्नुभयो– “भिडियो हेरेर मन पराउने गाउँ आउँछन्, भिडियोमा देखिएका दृष्यको स्थलगत अवलोकन गर्छन् ।”
गुरुङ चलचित्रका नायक एवम् मोडल विष्णु गुरुङले शान्ति प्रक्रियापछि गाउँगाउँमा आन्तरिक पर्यटक बढेको र त्यसपछि गाउँ चिनाउने म्युजिक भिडियो निर्माणले गति लिएको बताउनुभयो । गाउँको बारेमा गित लेख्ने, त्यही गितको आधारमा भिडियो बनाउने र गाउँमा आएका पाहुनालाई त्यही गितमा नाचेर स्वागत गर्ने प्रायः गाउँको चलन छ । म्युजिक भिडियो बनाइएका गाउँमा हुने सभा, तथा अन्यत्र हुने विशेष कार्यक्रममा पनि तिनै गितमा विशेष नाच देखाउने चलन छ ।
घलेगाउँ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, सिउरुङ, दुराडाँडा, समिभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडा भिरपुस्तुन, पसगाउँलगायत गाउँलाई समेटेर म्युजिक भिडियो बनिसकेका छन् । गीत कतिपय गुरुङ भाषामै छन् भने पछिल्लो समय नेपाली भाषामा लेखिएका गीत बढी मात्रामा प्रयोगमा आउने गरेका छन् ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...