इजरायमा रोजगारीकालागि १४ सय ६६ जनाले दिए आवेदन
काठमाडौँ १२ चैत । इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये योग्य उम्मेद्वारको विवरणलाई वैदेशिक रोजगार विभागले अर्को चरणको छनोटकोलागि इजरायल समक्ष पेश गर्नेछ । इजरायलले त्यसमध्येबाट १ सय कामदारलाई चिठ्ठाको माध्यमबाट छनोट गरी अन्तिम चरणको भाषा परीक्षामा समावेश गर्नेछ ।
सय जनाबाट छानिएका मध्य ६० जना मात्र नेपाली कामदार इजरायल जानेछन् । यस अघि पहिलो चरण ५९ जना केयर गिभर लगेको इजरायलले लामो समय पछि दोस्रो चरणमा कामदार लैजाने भएको हो । ५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको थियो ।
चैत ९ गते सम्ममा आवेदन दिनेहरुको अहिले कागजात अध्ययन भइरहेको वैैदेशिक रोजगार विभागले जनाएको छ । यसपछि इजरायलले विद्युतीय माध्यमबाट १ सय कामदारको लागि लट्री गर्नेछ । यसबाट छानिनेले भाषा परिक्षा पनि दिनुपर्ने छ ।
शारीरिक रुपले स्वस्थ्य केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले बताएको छ । इजरायल जानकालागि, तौल कम्तीमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका , उचाइ कम्तिमा ५ फिट भएका र एसएलसी पास भएका मात्र इजरायली भाषा परीक्षाका लागि योग्य मानिनेछन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यताप्रात्त सँस्थाबाट ३ महिनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ पूरा गरेको प्रमाणपत्र पनि आवश्क पर्नेछ । साथै इन्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान भएको हुनुपर्ने छ । इजरायल जाँदा कल्याणकारी कोष , बीमा , स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदार आफैंले ब्यहोर्नुपर्ने छ ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...