ताजा समाचार

इजरायमा रोजगारीकालागि १४ सय ६६ जनाले दिए आवेदन

 

काठमाडौँ १२  चैत  । इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये योग्य उम्मेद्वारको विवरणलाई वैदेशिक रोजगार विभागले अर्को चरणको छनोटकोलागि इजरायल समक्ष पेश गर्नेछ । इजरायलले त्यसमध्येबाट १ सय कामदारलाई चिठ्ठाको माध्यमबाट छनोट गरी अन्तिम चरणको भाषा परीक्षामा समावेश गर्नेछ ।

सय जनाबाट छानिएका मध्य ६० जना मात्र नेपाली कामदार इजरायल जानेछन् । यस अघि पहिलो चरण ५९ जना केयर गिभर लगेको इजरायलले लामो समय पछि दोस्रो चरणमा कामदार लैजाने भएको हो । ५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको थियो ।

चैत ९ गते सम्ममा आवेदन दिनेहरुको अहिले कागजात अध्ययन भइरहेको वैैदेशिक रोजगार विभागले जनाएको छ । यसपछि इजरायलले विद्युतीय माध्यमबाट १ सय कामदारको लागि लट्री गर्नेछ । यसबाट छानिनेले भाषा परिक्षा पनि दिनुपर्ने छ ।
शारीरिक रुपले स्वस्थ्य केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले बताएको छ । इजरायल जानकालागि, तौल कम्तीमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका , उचाइ कम्तिमा ५ फिट भएका र एसएलसी पास भएका मात्र इजरायली भाषा परीक्षाका लागि योग्य मानिनेछन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यताप्रात्त सँस्थाबाट ३ महिनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ पूरा गरेको प्रमाणपत्र पनि आवश्क पर्नेछ । साथै इन्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान भएको हुनुपर्ने छ । इजरायल जाँदा कल्याणकारी कोष , बीमा , स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदार आफैंले ब्यहोर्नुपर्ने  छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org