राजेन्द्र महतोको पार्टी रित्तिदै, सहमहामन्त्रीसहित १५ सय जनाले यसकारण छाड्दैछन्
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा ठूलो विद्रोह सुरु भएको छ । पार्टीका केन्द्रीय नेताहरुले नै धमाधम छाड्न थालेपछि महतो एक्लिने सम्भावना बढेको छ ।
केन्द्रीय सदस्य एवं युवा विभागका प्रमुख योगेन्द्र राय यादवसहित रौतहटमा १३ जनाले सामूहिक राजीनामा दिने घोषणा गरे लगत्तै केन्द्रीय सहायक महामन्त्री राजु गुप्तासहित १५ सय जनाले पार्टी छाड्ने घोषणा गरेका छन् ।
सहमहामन्त्री गुप्ताको नेतृत्वमा पार्टीका केन्द्रीय सल्लाहकार रामबल्लव साह र पीबी ठाकुर, क्षेत्रीय अध्यक्ष प्रमोद साह, शिक्षक मञ्चको केन्द्रीय सदस्य नेपाली साह, दलित मञ्चको केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र पासवानलगायत १५ सय नेता तथा कार्यकर्ताले सदभावना छाड्न लागेका हुन् । उनीहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा जाने तयारीमा छन् । अध्यक्ष महतोले आफ्नालाई मात्र च्यापेको, अपारदर्शी कारोबार गरेको, जातिवाद हाबी रहेको आरोप लगाइएको छ ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...