ताजा समाचार

राजेन्द्र महतोको पार्टी रित्तिदै, सहमहामन्त्रीसहित १५ सय जनाले यसकारण छाड्दैछन्

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा ठूलो विद्रोह सुरु भएको छ । पार्टीका केन्द्रीय नेताहरुले नै धमाधम छाड्न थालेपछि महतो एक्लिने सम्भावना बढेको छ ।

केन्द्रीय सदस्य एवं युवा विभागका प्रमुख योगेन्द्र राय यादवसहित रौतहटमा १३ जनाले सामूहिक राजीनामा दिने घोषणा गरे लगत्तै केन्द्रीय सहायक महामन्त्री राजु गुप्तासहित १५ सय जनाले पार्टी छाड्ने घोषणा गरेका छन् ।

सहमहामन्त्री गुप्ताको नेतृत्वमा पार्टीका केन्द्रीय सल्लाहकार रामबल्लव साह र पीबी ठाकुर, क्षेत्रीय अध्यक्ष प्रमोद साह, शिक्षक मञ्चको केन्द्रीय सदस्य नेपाली साह, दलित मञ्चको केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र पासवानलगायत १५ सय नेता तथा कार्यकर्ताले सदभावना छाड्न लागेका हुन् । उनीहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा जाने तयारीमा छन् ।  अध्यक्ष महतोले आफ्नालाई मात्र च्यापेको, अपारदर्शी कारोबार गरेको, जातिवाद हाबी रहेको आरोप लगाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org