ताजा समाचार

कोरिया जान ७५ हजार ६ सयभन्दा बढीले आवेदन दिए

- बिमला सापकोटा / न्यूज-नेपाल

 

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका छन् । कोरियाले यसपटक १० हजार २ सय नेपालीलाई लानेछ ।

आगामी जेठ २७ र २८ गते सुरु हुने भाषा परीक्षामा सामेल हुन साढे ७५ हजार बढीको आवेदन परेको छ । अहिले आवेदन दिएकारुको रुजु गर्ने काम भइरहेको इपीएस कोरिया शाखाले जनाएको छ ।गत वर्ष ३५ हजारका लागि आवेदन खुलेपनि ६० हजार परीक्षार्थी सहभागी भएका थिए। तर, यो पटक कोटा धेरै बढेका कारण आवेदन दिनेको सँख्या बढि छ ।

गतवर्षको तुलनामा यो वर्ष १५ हजार बढीको आवेदन परेको छ । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियोकोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूह तर्फ ५१ हजार २२० जनाले आवेदन दिएका छन् ।
यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक तर्फ ४ हजार कामदार उर्त्तीण गराइनेछ ।
चैत २० देखि अनलाइन आवेदनमा कुनै गल्ति भए सच्याउन सकिने गरी २५ गतेसम्म सुनुवाईको ब्यवस्था भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org