मेसी बिनाको मैदानमा उत्रिएको बार्सिलोनाद्वारा ग्रानडामाथि गोलको वर्षा
एजेन्सी । लिओनल मेसीविना मैदानमा उत्रिएको वार्सिलोनाले ग्रानडाविरुद्ध लुइस सुआरेज र नेइमारको गोलमा रियल म्याड्रिडसँगको अग्रतालाई २ अंकमा छोट्याउन सफल भएको छ। आइतबार राति म्याड्रिडले ३–० ले अलाभेसलाई पराजित गर्दै बार्सिलोनासँगको अग्रतालाई ५ अंकमा पुर्याएको थियो। तर, त्यसको केही घण्टा पछि ग्रानडाको मैदानमा उत्रिएको बार्सिलोनाले मेसीको अनुपस्थितिमा ४–१ को जित सम्भव पार्यो। बार्सिलोनालाई ४४ मिनेटमा सुआरेजले अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लामो समय टिकेन। चेल्सीबाट ऋण सम्झौतामा ग्रानडा पुगेका फ्रेन्च मिडफिल्डर जेरेमी बोगीले ५० मिनेटमा गोल फर्काउदै दोस्रो हाफको ५ मिनेटपछि नै खेललाई बराबरीमा ल्याएका थिए। यसको १४ मिनेटपछि पाको अल्कासरले पुनः बार्सिलोनालाई अग्रता दिलाए।
उनले ६४ मिनेटमा गोल गरेका थिए। ग्रानडाले ८२ मिनेटमा दोस्रो पहेँलो कार्डका कारण उचे आग्बोलाई गुमाएको थियो। यसपछि आक्रामक बनेको बार्सिलोनाले ९ मिनेटभित्र दुई गोल थप्यो। बार्सिलोनाका लागि ८४ मिनेटमा इभान राकिटिक र ९१ मिनेटमा नेइमारले गोल गरे। नेइमारको लिगमा नवौं गोल थियो। हाल २८ खेल खेलेको म्याड्रिड ६८ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल बढी खेलेको बार्सिलोनाको ६६ अंक छ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
कमजोर ब्याटिङका कारण पहिलोपटक ओडीआईमा क्यानडासँग नेपालको हार
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ ।...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३...
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...