ताजा समाचार

कोलम्बियामा राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा

चैत २२ , कोलम्बिया । कोलम्बियामा भएको लगातार वर्षाका कारण आएको बाढी तथा पहिरोमा परि दुई सय भन्दा बढीले ज्यान गुमाएका छन् । दुई सय भन्दा बढीको मृत्यु भएकोले राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गरिएको छ । मोकोएका गएको पहिरोमा परि ज्यान गुमाएका व्यक्तिको अन्तिम सँस्कार गरेलगत्तै राष्ट्रपति आन म्यानुएल सान्तोसले देशमा आर्थिक , सामाजिक तथा पर्यावरणीय आपतकालको घोषणा गरेका छन् ।

शनिबार बेलुका पहिरोमा परि दुई सय ६२ जनाको ज्यान गएको पुष्टि भएको छ । मृत सबैको सामूहिक श्रद्धान्जली सभा पनि गरिएको छ । पहिरोमा परि हराएकाहरुको खोजी कार्य भईरहेको छ साथै राहतको कामपनि भइरहेको छ । ४ सय भन्दा बढी मानिस घाइते भएको घटनामा २ सय भन्दा माथि अरु बेपत्ता छन् । घटना भएको७२ घण्टा बितिसकेकोले हराएका व्यक्तिलाई जीवितै उद्धार गर्ने सम्भावना नरहेको रेड क्रसले जनाएको छ । कोेलम्बिया सरकारले पहिरो गएको क्षेत्रको सहयोगको लागि एक करोड ३९ लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org