ताजा समाचार

सुनको भाउ तोलाको १ सय रुपैयाँले घट्यो

 

काठमाडौं २४  चैत । नेपाली बजारमा सुनको भाउ तोलाको १ सय रुपैँया घटेको छ । बुधबार सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भएपनि आज १ सयले घटेर ५४ हजार १ सय रुपैयाँमा कारोबार हुदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मँगलबार तोलामा ४ सय रुयैयाँ बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । बुधबार तोलामा १ सय रुपैयाँ बढेर ५५ हजार रुपैयाँ पुगेको थियो ।
यो साता सुनको भाउमा उत्तरचढाव आइरहने महासँघले जनाएको छ । यसैगरि आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर ८ सय १० रुपैयामा कारोवार चलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org