ताजा समाचार

अमेरिकाले गर्यो सिरियामा मिसाइल आक्रमण

वासिङ्टन । सिरियाली सरकारले गरेको रसायनिक आक्रमणविरुद्ध अमेरीकाले मिसाइल आक्रमण गरेको छ ।

पेन्टागनका अधिकारीहरुका अनुसार भूमध्यसागरमा रहेको नौसैनिक युद्धतोपबाट ५० भन्दा बढी टोमाहक क्षेप्यास्त्र प्रहार गरिएको छ ।सिरियाली विमानलाई जमिनमै रोक्नका लागि अमेरिकाले मिसाइल आक्रमण गरी चेतावनी दिएको हो ।
अमेरिकाले उत्तरी सिरियाको होम्स नगरको सिरियाली हवाई अखडालाई निशाना बनाएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले रासायनिक हमला भएको भनिएको सिरियाली हवाई अखडामा सैन्य कारबाहीका लागि आफूले आदेश दिएको बताएका छन् । उनले भने, ‘रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ विपरित छ ।’मंगलबार सिरियाको एक इलाकामा नर्व ग्यासको प्रयोग भएको थियो, जुन इलाका विद्रोहीको कब्जामा छ ।

यो घटनापछि अमेरिकी विदेशमन्त्री रेक्स टिलिरसनले भविश्यको सिरियामा त्यहाँका वर्तमान राष्ट्रपति बसर अल असदको कुनै भूमिका हुन नहुने बताएका थिए ।

सिरियाली सरकारले भने उक्त घटनामा आफ्नो कुनै सँलग्नता नभएको बताएको छ । विद्रोहीहरुले रासायनिक पदार्थ भण्डारण गरेको ठाउँमा ‘ग्यास लिक गराइ विष्फोट गराएको दाबि गरेका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org