ताजा समाचार

भारतका तीन ठूला विमानस्थलबाट जहाज अपहरण हुने सूचना !

 

मुम्बई । भारतको मुम्बई, चेन्नई र हैदराबाद विमानस्थलबाट उड्ने जहाज अपहरण गर्ने योजनाबारे गोप्य सूचना प्राप्त भएपछि सुरक्षा एजेन्सीहरूले तीनैवटा विमानस्थलमा उच्च सतर्कता अपनाएका छन्।
प्राप्त सूचनाअनुसार २३ जनाको समूहले उक्त तीन विमानस्थलबाट उडान भर्ने जहाज अपहरण गर्न सक्ने सम्भावना रहेको बताइएको छ । अपहरणको गोप्य सूचना प्राप्त भएलगत्तै शनिबार नै विमानस्थल सुरक्षा समन्वय समितिको बैठक बसेको थियो।
स्रोतअनुसार एक महिलाले विमानस्थल सुरक्षा एजेन्सीलाई इमेल पठाएर अपहरणको योजनाबारे सचेत गराएकी थिइन्। छ जना केटाहरूले मुम्बई, चेन्नई र हैदराबाद विमानस्थलबाट एकैचोटि जहाज अपहरण गर्ने योजना बनाइरहेको बेला कुराकानी सुनेको ती महिलाले इमेल मार्फत खुलाएकी छन्।
‘आइतबारका लागि योजना गरिएको तीनवटा अपहरणमा जम्मा २३ जना मान्छे संलग्न हुनेछन् भन्ने कुरा आएको छ,’ स्रोतले भन्यो।
केन्द्रीय औद्योगिक सुरक्षा बल ९सिआइएसएफ० का महानिर्देशक ओपी सिंहले जहाज अपहरणको सूचनापछि तीनवटै विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको पुष्टि गरे। ‘विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ, अनुगमन र नियन्त्रण सुदृढ पारेका छौं,’ उनले भने, ‘विमानस्थलमा खटिने सुरक्षाकर्मीहरूको संख्या पनि थपेका छौं।’
विमानस्थल सुरक्षा एजेन्सीले नगर प्रहरी र अन्य सुरक्षा निकायसँग पनि छलफल गरिरहेको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org