ताजा समाचार

निर्वाचनको तयारी,दलीय सहभागीता लगायतका बिषयमा भारतको गम्भीर चासो

काठमाडौं । आगामी बैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनबारे भारतले गम्भीर चासो राखेको छ । संविधान जारी गर्दा र त्यसपछिका दिनमा नेपालको राजनीतिमा प्रत्यक्ष चासो राखेको प्रधानमान्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले निर्वाचनको तयारी, दलीय सहभागीता लगायत बिषयमा चासो राखेको हो ।

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भारतीय राष्ट्रपति भवन पुगेका विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले निर्वाचनको तयारीबारे जानकारी मागेको भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रकाशसरण  महतले जानकारी दिए ।

राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटमा राखिएको जिज्ञासाको जवाफ दिदै मन्त्री महतले सबैको भावना समेटेर चुनाव गर्ने कोशिसमा नेपाल सरकार रहेको उल्लेख गर्दै चुनावी प्रकृयामा नेपाल अघि बढिरहेको जानकारी गराएका थिए ।

 

यसैबीच, राष्ट्रपति भण्डारीसंगको भेटमा विदेशमन्त्री स्वराजले नेपालमा गएको भूकम्पपछिको पुननिर्माणका लागि भारतको सहयोगमा बनिरहेको परियोजनाहरु समयमै सम्पन्न होस् भन्ने पक्षमा भारत सरकार रहेको वताएकी थिइन् ।

परराष्ट्रमन्त्री महतकाअनुसार, स्वराजले ती परियोजना बारे १–१ महिनामा सम्बन्धित अधिकारीबाट जानकारी लिने गरेको र त्यसको विवरण प्रत्येक तीन महिनामा प्रधानमन्त्री मोदीलाई दिने गरेको जानकारी दिए ।

मन्त्री स्वराजले नेपाल–भारतको सम्बन्ध सहमति र सहयोगको अदानप्रदान भन्दापनि फराकिलो रहेको उल्लेख गर्दै दुई पक्षीय विश्वास र सद्भावले सम्ब्न्ध अझ फराकिलो बनाउने दाबी गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org