निर्वाचनको तयारी,दलीय सहभागीता लगायतका बिषयमा भारतको गम्भीर चासो
काठमाडौं । आगामी बैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनबारे भारतले गम्भीर चासो राखेको छ । संविधान जारी गर्दा र त्यसपछिका दिनमा नेपालको राजनीतिमा प्रत्यक्ष चासो राखेको प्रधानमान्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले निर्वाचनको तयारी, दलीय सहभागीता लगायत बिषयमा चासो राखेको हो ।
भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भारतीय राष्ट्रपति भवन पुगेका विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले निर्वाचनको तयारीबारे जानकारी मागेको भ्रमण टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रकाशसरण महतले जानकारी दिए ।
राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटमा राखिएको जिज्ञासाको जवाफ दिदै मन्त्री महतले सबैको भावना समेटेर चुनाव गर्ने कोशिसमा नेपाल सरकार रहेको उल्लेख गर्दै चुनावी प्रकृयामा नेपाल अघि बढिरहेको जानकारी गराएका थिए ।
यसैबीच, राष्ट्रपति भण्डारीसंगको भेटमा विदेशमन्त्री स्वराजले नेपालमा गएको भूकम्पपछिको पुननिर्माणका लागि भारतको सहयोगमा बनिरहेको परियोजनाहरु समयमै सम्पन्न होस् भन्ने पक्षमा भारत सरकार रहेको वताएकी थिइन् ।
परराष्ट्रमन्त्री महतकाअनुसार, स्वराजले ती परियोजना बारे १–१ महिनामा सम्बन्धित अधिकारीबाट जानकारी लिने गरेको र त्यसको विवरण प्रत्येक तीन महिनामा प्रधानमन्त्री मोदीलाई दिने गरेको जानकारी दिए ।
मन्त्री स्वराजले नेपाल–भारतको सम्बन्ध सहमति र सहयोगको अदानप्रदान भन्दापनि फराकिलो रहेको उल्लेख गर्दै दुई पक्षीय विश्वास र सद्भावले सम्ब्न्ध अझ फराकिलो बनाउने दाबी गरिन् ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












