कुलमानको नयाँ ‘आइडिया’ यस्तो रै’छ
काठमाडौं । कुलमान घिसिङले चाइनाबाट लिड इनर्जी बल्ब र ऊर्जा बचत गर्ने खालको पंखा खरिद गर्न भन्दै अर्थ मन्त्रालयसँग ऋण मागेका छन् ।
उनले प्राधिकरणमार्फत बल्ब र पंखाको व्यापार गर्ने सोचअनुसार २ अर्ब कर्जा सापटी र आयातित वस्तुमा भन्सार छुटको प्रस्ताव चुनावको मुखमा अर्थतिर अघि बढाएता पनि पैसा पाउने सम्भावना भने न्यून रहेको बताइन्छ ।
त्यसै पनि विद्युत् प्राधिकरण एउटा संस्थान हो, त्यसैले गरेको रहरलाई अर्थले सघाउने स्थिति देखिँदैन । पञ्चायतकालमा राज्यनियन्त्रित नीति लागू गरेका बेलासमेत यसरी सबै संस्थानमार्फत व्यापार नगरेर साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङमार्फत प्रतिस्पर्धात्मक व्यापार गर्ने प्रचलन थियो ।
खुला बजारनीति लिएको सरकारले प्राधिकरणको सामान ल्याउँदै बेच्दै गर्ने सोचलाई सहयोग गर्ला/नगर्ला योचाहिँ हेर्न बाँकी नै छ । हुन त कुलमानले भनेजस्तो गर्दा विद्युत् बचत होला । चुहावट र अनावश्यक खपत पनि घट्ला तर निजी क्षेत्रले गर्ने हो त्यस्तो काम प्रतिस्पर्धात्मक रूपले ।
राम्रो ल्याउने र सस्तोमा बेच्ने काम व्यापारीको हो, कुलमानले विद्युत् व्यवस्थापन, उत्पादन, प्रशारण लाइन निर्माण, चोरी नियन्त्रणमै झन् बढी लागे प्रभावकारी हुने थियो । भन्सारमा मात्रै ८० करोड जति छुट लिने गरी बल्ब व्यापार गर्दा उनको ध्यान आवश्यक क्षेत्रमै पुग्दैन कि भन्ने सर्वसाधारणको चिन्ता हो ।
Comments
अरु समाचार
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...