नेपाली ग्राहक ‘फिला’ स्पोर्ट्स ब्रान्डका ‘फिदा’ बनेका छन् : जनरल म्यानेजर के.सी
सत्र वर्षदेखि नेपाली उपभोक्तालाई उच्च स्तरका विदेशी ब्रान्डेड सामान उपलब्ध गराउँदै आएको लोकप्रिय कम्पनी हो– स्पोर्ट प्लाजा प्राइभेट लिमिटेड ।
सन् २००० देखि नेपाली बजारमा यस कम्पनीले रिबक, ली, जस्ता ब्रान्डेड र विश्वप्रसिद्ध स्पोर्ट्स सामानहरू बिक्रीवितरण गर्दै आएको छ । यसले हालै मात्र विश्वकै चर्चित ब्रान्ड ‘फिला’ लाई समेत नेपाली बजारमा लन्च गरेको छ । यस सफल कम्पनीका पछाडि थुप्रै सफल हातहरु छन् । तिनैमध्ये एक प्रमुख व्यक्तित्व हुन् जनरल म्यानेजर दिलिप केसी । प्रस्तुत छ: केसीसँग न्युज-नेपालकी पत्रकार बिमला सापकोटाले गरेको कुराकानी
थुप्रै ब्रान्डेड कम्पनीका सामान बिक्री गरिरहनुभएको छ । अहिले फेरि अर्काे चर्चित ब्रान्ड ‘फिला’ को डिलरसिप लिनुभयो, यसको कारण के हो ?
– फिलाको ब्रान्डेड बजार बढ्दैछ । ब्रान्डेड सामान लगाउने चलन नेपाली ग्राहकमा बढेको छ । फिला इटालियन कम्पनी हो । यो स्पोर्ट्स र लाइफ स्टाइल ब्रान्डेड भएकाले यसले स्पोर्ट सामानहरु पनि बनाउँछ यसकोे फेसन अहिले विश्वभरि चलिरहेको छ । नेपाली ग्राहकलाई पनि विश्वबजारसँग नजिकब बनाएर केही फरक ब्रान्डको अनुभूति गराउन नेपालमा फिला ब्रान्ड ल्याएका हौं ।
रिबक , नाइक ब्रान्ड आएको २० वर्षभन्दा बढी भइसक्यो, तर फिला किन ढिला नि ? अन्य ब्रान्डको तुलनामा यसमा के फरक छ ?
– बजारको मागअनुसार फिला पनि बजारमा चल्छ भन्ने विश्वास लिएर हामीले डिलर लिएका हौं । फिलामा अलिकति फरक के छ भने अहिले नेपाली बजारमा कपीको एकदमै समस्या छ । जस्तै, रिबकजस्ता ब्रान्डेडको चाहिँ जस्ताको तस्तै कपी बजारमा पाइन थालेको छ । तर फिलाको कपी अहिलेसम्म बजारमा छैन । यसले फेसनलाई पनि समेट्ने र स्पोट्र्सलाई पनि कभर गर्ने भएकाले यसलाई ग्राहकले मन पराउनुभएको छ ।
फिला स्पोर्ट्स ब्रान्ड नेपालीले किन्न सक्छन् त ?
– हामीले फिलालाई २० देखि २५ प्रतिशत कम माकिङ गरेर बेचेका छौं । अरु ब्रान्डमा २ हजार २५ सयभन्दा घटीको टिसर्ट छैन । सुजहरु पनि २ हजार २५ सयदेखि बेच्ने गरिन्छ । जब कि ब्रान्डहरुमा ६ हजार घटीको सुज नै छैन । सस्तो मूल्यमा किन्नुपर्दा पनि फिला रोजाइमा पर्न सक्छ ।
के अब नेपालीमा ब्रान्डप्रति सचेतना आएको हो ?
– हामीले सन् २००० मा रिबक खोल्दा धेरै गाह्रो भएको थियो ग्राहकहरुलाई सम्झाउन । मान्छेले मजाक गरेर भन्थे, बारी जोत्ने एक हल गोरु आउँछ भनेर । अहिले यो २० वर्षमा धेरै कुरा फरक भएको छ । ग्राहकहरुको सोचमा फरक आएको छ । अहिले नेपालीहरु धेरै शिक्षित भएर पनि होला, यो ब्रान्डको कुरा बुुझाउन सजिलो भएको छ ।
फिलाको एउटा मात्र सोरुम दरबारमार्गमा छ । थप अन्य ठाउँमा राख्नुहुन्छ कि के छ ?
– अहिले दरबारमार्गमा भर्खरै खोलेका छौं । छिटै नै लन्च हुन्छ । त्यसपछि फिलाका सामान हामी कुमारी पार्टी सिभिल टाउन अन्य ठाउँमा राख्छौं र काठमाडौंबाहिर चाहिँ हामीले पोखरामा चाँडै नै यो ब्रान्ड राख्ने भएका छौँ ।
अरू अन्य कुन–कुन स्पोटर््स ब्रान्ड ल्याउँदै हुनुहुन्छ ?
– अहिले ली जिन्स, फिला स्पोटर््स ब्रान्ड ल्याएका छौ र अर्को महीना हामी न्यु ब्यालेन्स पनि लन्च गर्दैछौं । न्यु ब्यालेन्स धेरै ठूलो ब्रान्ड हो । यो स्पोटर््स ब्रान्ड अन्तर्गत हामीले ४–५ वटा चलाउने विचार गरेका छौं ।
अन्त्यमा ग्राहकहरुलाई केही सन्देश छ कि ?
– ग्राहकहरुले हामीलाई धेरै साथ र सहयोग गर्नुभएको छ । त्यही कारण आज हामीले रिबक, ली जिन्स, फिला र न्यु ब्यालेन्स लिएर आएका छौ । यो माया सधैं कायम रहोस् भन्न चाहन्छु ।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...