अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता
कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निजी विद्यालयको छाता सङ्गठनका प्रतिनिधि, संयुक्त विद्यार्र्थी सङ्गठन, शिक्षा कार्यालयका प्रतिनिधिसहितको बैठकले निजी संस्थागत विद्यालयमा गरिएको अनिश्चितकालीन शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । साथै, जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा विद्यार्थी तथा शिक्षक सङ्गठनका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहेको संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले संस्थागत विद्यालयको श्रेणी विभाजन नहुने बेलासम्मका लागि शुल्क वृद्धि नगर्ने, पुनः विद्यार्थी भर्ना शुल्क नलिन, नियमावली विपरित रहेका यातायातका साधन सञ्चालनमा नल्याउने, विभिन्न शीर्षकमा शुल्क लिन नपाउने, कापी, पुस्तक, पोसाकलगायतका सामग्री विद्यालयबाटै बेच्न नपाउने, अनुमतिबिना कक्षा सञ्चालन नगर्ने, अनुमतिबिना सञ्चालनमा ल्याइएका विद्यालयलाई खारेज गर्ने निर्णयपछि विद्यालय बन्दका कार्यक्रम फिर्ता लिइएको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले बताउनुभयो ।
जेठ मसान्तसम्म निजी विद्यालयको श्रेणी वर्गीकरण गरिसक्नेलगायतका निर्णयसहित शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिइएको उहाँले बताउनुभयो । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारदेखि बन्द विद्यालय सुचारु हुने उहाँको भनाइ रहेको छ । रासस
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर...
-
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
काठमाडौं । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित...
-
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी
काठमाडौं । चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ । नगरकोट महोत्सव–२०८२...
-
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश...
-
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।...
-
ग्वार्को ‘ओभरपास’ का ठेकेदारलाई जरिबाना सुरु
काठमाडौं । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ओभरपास (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)का निर्माण कम्पनीलाई जरिबाना तिराउन सुरु गरिएको छ । निर्धारित...
-
स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाटबजार
काठमाडौं । मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । गाउँपालिकाले स्थानीयस्तरमा...
-
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु
काठमाडौं । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी...
-
एमाले केन्द्रीय कमिटीको बैठक आज देखि बस्दै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक आज बस्दै छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा...