ताजा समाचार

टाइगर ब्रुअरीले पायो एन.एस.प्रमाण चिन्ह

काठमाडौं । टाइगर बु्रअरी इन्ड्रष्ट्रिज प्रा.लि.बाट उत्पादित टेन्सवर्ग ,लन्डन आइस र नेपाल टाइगर वियरलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गत चैत्र ३१ गते नेपाल गुणस्तर तथा प्रमाण पत्र चिन्ह (एन.एस.) दिएको छ ।

बु्रलरीले दुई वर्षअघि देखि गुणस्तरीय वियर उत्पादन गर्दै आएको छ ।एन.एस चिन्ह प्राप्त गरेपछि बु्रलरीलाई थप हौसला मिलेको बताएको छ । एन.एस. चिन्हले हामी उपभोक्तालाई गुणस्तरीय वियर दिएका छौं भन्ने कुरा अवगत महसुश भएको बु्रअरीले बताएको छ ।

टाइगर बु्रअरी प्रा.लि.ले विदेशी गुण्स्तरीय कच्चा सामाग्रीको प्रयोग गरी जर्मन टेक्नेलोजीबाट स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको वियर उत्पादन गरी स्वदेश तथा विदेशमा विक्रीवितरण गर्दै आएको छ । यस कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र पनि प्रप्त गरेको छ ।

 

अत्याधुनिक प्लान्ट स्थापना गरी वियर उत्पादन गरिरहेको कम्पनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेपछि टाइगर बु्रअरीबाट उत्पादित वियरहरु अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ । बु्रअरीले उत्पादन गरेका वियरको मुल्य तुलनात्मक रुपमा सस्ता, स्वादिलो र गुणस्तरी रहेको कम्पनीले दाबी गरेको छ ।

विदेशमा पनि निर्र्यात

कम्पनीले वियर दुवई निर्यात पनि गरेको छ । निकट भविष्यमा नै ओमान र दक्षिण कोरियामा निर्यात गर्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

स्वदेशमै विदेशी स्तरको ब्राण्ड र गुणस्तरको वियर उत्पादन गरी विक्रीवितरण गर्ने उद्देश्यका साथ स्थापना भएको टाइगर बु्रअरीले वियर उत्पादन गरेर वियरमा मुलुकलाई आत्मनिर्भर बनाउने, थोरै भएपनि स्वदेशी मुद्रा पलायन हुनबाट रोक्न सहयोग पुर्‍याउने उद्देश्य राखेर सहयोग गर्दै आएको छ ।

हाल नेपालबाट बार्षिक रोयल्टी र नाफाका रुपामा करिब ६० अर्व रुपैयाँ विदेशीने गरेको तथ्य छ । टाइगर बु्रअरीका वियरहरु नेपाली उपभोक्ताको आर्थिक अवस्था अनुसार नै मुल्य निर्धाण गरिएको कम्पनीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org