ताजा समाचार

फ्रान्सः नवनिर्वाचित राष्ट्रपति म्याक्रोँको दलमा बाउन्न प्रतिशत उम्मेदवार नयाँ हुने

काठमाडौं, २९ बैशाख । फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनको ४२८ जनामध्ये करिब ५२ प्रतिशत राजनीतिमा नयाँ अनुहार ल्याउने सो दलले बिहीबार जनाएको छ । मध्यमार्गी नेता म्याक्रोँको दलमा निर्वाचन लड्न तयार २१४ जना अर्थात ५० प्रतिशत महिलालाई प्रतिनिधित्वका सुरक्षित गरिने बताइएको छ ।

रिपब्लिक अन द मुभका म्याक्रोँका महासचिव रिचार्ड फेरार्डका अनुसार पार्टीको तर्फबाट आएका १९ हजार आवेदकमध्येबाट ५० प्रतिशत महिला र ५२ प्रतिशत राजनीतिमा अहिलेसम्म ठूलो पद धारण नगरेका युवालाई छानिएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीको अनुरोध अस्वीकार

मध्यमार्गी नेता म्याक्रोँले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गरेपछि उक्त दलबाट आफू संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेको भनी आएको अनुरोधलाई अस्वीकार गरेको छ । म्याक्रोँको दलले संसदीय निर्वाचनमा भल्ज उठेको ठाँउबाट आफ्नो उम्मेदवार भने नउठाउने बताएको छ ।

म्याक्रोँको दल ‘रिपब्लिक अन द मुभ’ले पेरिसको बाहिरी क्षेत्र एभरी, जहाँबाट भल्जले संसदमा प्रतिनिधित्व गर्नुभएको थियो, सँग आफ्नो उम्मेदवारलाई नउठाउने प्रस्ताव गरे अनुसार राष्ट्रपतीय निर्वाचन पूर्व प्रधानमन्त्री भल्जको म्याक्रोँलाई सहयोग रहेकोे थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org