सात ठाउँमा छाप लगाउनुपर्ने भएपछि भक्तपुरका मतदाता भन्छन्, ‘भोट हाल्नै गाह्रो छ’
भक्तपुर, ३० बैशाख । स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक सात ठाउँमा छाप लगाउनुपर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छ । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संसदीय चुनावमा भन्दा धेरै ठाउँमा छाप लाउनुपर्ने भएपछि अन्योल सिर्जना भएको मतदाताले गुनासो गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चारवटै नगरपालिकाको टोलटोलमा मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन गरेर मतदान गर्न स्वयम्सेवक पठाए पनि स्वयम्सेवकले मतदान गर्न सिकाउने भन्दा पनि मतदानको पोस्टर टाँस्न मै मात्र सीमित राखेपछि मतदातालाई भोट हाल्न अन्योल सिर्जना भएको हो । बिहीबारदेखि परिचयपत्र वितरण गर्ने मतदानस्थल मै मतदान गर्न सिकाउने भने पनि प्रभावकारी नभएपछि भोट हाल्ने दिन नजिक आए पनि मतदाता भने अन्योलमा परेका हुन् ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीका रामकला श्रेष्ठले सात ठाउँमा भोट हाल्नुपर्छ भनेकाले अन्योल भएको र भोट हाल्नै नआउँला भन्ने लागेको बताइन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका सारदा खड्काले भोटै हाल्न नआउने बताइन् । उनले भनिन्, “पहिलाजस्तो एक वा दुई ठाउँमा भोट हालेर हुँदैन रहेछ, यस पटक सात ठाउँमा भोट हाल्नुपर्ने रहेछ, फरकफरक चिह्नमा भोट हाल्नु पर्यो भने एउटालाई हालेको भोट अर्कैलाई पर्ला भन्ने डर छ ।”
यसपटक मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलो भएकाले मत कसरी राख्ने भन्ने विषयमा राम्ररी जानकारी नहुँदा आफ्नो मत बदर होला भन्ने त्रास रहेको उनले बताइन् । जिल्लाका ज्येष्ठ नागरिक र अशिक्षित मतदातालाई यसपटकको चुनावमा मतदान गर्न समस्या परेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले विगतका निर्वाचनको तुलनमा यस वर्ष मत बढी बदर हुने आशङ्का भएको बताए ।विगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि यो पटक भने त्योभन्दा बढी सम्भावना रहेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...