मतदान स्थलमा यस्तो गर्नुभयो भने, २ लाख जरिवानामा पर्नुहोला
काठमाडौं, ३१ बैशाख । लामो समयको प्रतिक्षा घडी समाप्त भएको छ । दुई दशकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आज विभिन्न ३ प्रदेशका २ सय ८३ तहमा मतदान जारी छ । मतदाता पनि मतदान गर्न निकै उत्साहित भएका छन् । कोही २० वर्ष पहिले मतदान गरेका बुढो भईसकेका छन्, भने कोहीको त मृत्यु समेत भईसकेको छ ।
जो २० वर्ष पहिले जन्मिएका थिए, उनीहरु सम्भवतः पहिलो पटक मतदान गर्दैछन् । मदतान स्थलहरुमा छुट्टै रौनक छाएको छ । मतदान गर्ने समय आज विहान ७ बजेबाट सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ । त्यस्तै मतदान स्थल तथा मतदाताको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । तपाई स्थानीय तह निर्वाचनको मतदाता हो भने ख्याल गर्नुहोस् है मतदानस्थलमा बर्जित गरिएका गतिविधि गर्नुभयो भने तपाईलाई जरिवाना र कैद सजाय हुनसक्छ ।
मत दिएको मतपत्र मतपेटिकामा राख्नुअघि तपाईले कसैलाई मतपत्र देखाउनुभयो भने पनि तपाई फन्दामा पर्न सक्नुहुन्छ । यदि तपाईले मतदान गरेपछि कसैलाई मतपत्र देखाउनुभयो भने १५ हजार जरिवानामा पर्नुहुन्छ । यति मात्रै होइन तपाईको मत खेर पनि जान्छ । तपाईले मतदान स्थलमा ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि ख्याल गर्नुभएन या त जानिजाति गल्ति गर्नुभयो भने तपाईलाई तीन वर्षसम्म कैद सजायसमेत हुनसक्छ ।
मतदान स्थलमा के-के गर्नु हुँदैन ?
- तपाईको मतपत्र सार्वजनिक नगर्नुस् । यसो गरे १५ हजार जरिवाना हुन्छ ।
मतपत्र बाहिर नलैजानुस्, २५ हजार जरिवाना हुन्छ ।
धेरै पटक मतदान नगर्नुस् २५ हजार जरिवाना हुन्छ ।
यदि कुनै मतदातालाई रोक्न खोज्दै हुनुहुन्छ भने पनि २५ हजार जरिवानामा पर्नुहुन्छ ।
होहल्ला, भिडभाड नगर्नुस् ५० हजार जरिवाना हुन्छ
चुनावी सामग्री खोस्नुभयो भने १ लाख जरिवाना र १ वर्ष कैद हुन्छ ।
चुनावका सामग्री लुटे वा कब्जा गरे १ लाख जरिवाना र २ वर्ष कैद हुन्छ ।
बिष्फोटक पदार्थ वा हतियार बोके २ लाख वा ३ वर्ष जेल सजाय हुन्छ ।
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...