ताजा समाचार

यी हुन्, म्यान्चेस्टर हमलामा संग्लग्न व्यक्ति, प्रहरीद्धारा उनको तस्वीर सार्वजनिक

काठमाडौं, १४ जेठ । बेलायती प्रहरीले म्यान्चेस्टर एरिनामा २२ जनाको ज्यान जाने गरी भएको आत्मघाती हमलाका संग्लग्न एक युवकको तस्वीर सार्वजनिक गरेको छ । आत्मघाती आक्रमणकारी सलमान आवदीको सिसिटिभीमा कैद भएको तस्वीर प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार आवदीको पहिचान सोमबार भएको आक्रमणको दुई घण्टापछि नै गरिएको थियो ।

यद्यपि यो प्रष्ट भइसकेको छैन कि आवदीको सार्वजनिक गरिएको तस्वीर सोमबार साँझ कै हो र कहाँबाट लिइएको हो । चरमपन्थी अपराधको आशंकामा प्रहरीले १४ स्थानमा छापा मारिसकेको छ भने त्यहाँबाट ११ जनालाई हिरासतमा लिएको छ ।

बेलायतमा खतराको स्तर कम भएको जनाउ दिइएको छ भने प्रहरीको सहयोगका लागि बोलाइएको सैनिक दस्तालाई पनि बिस्तारै फिर्ता पठाउन थालिएको छ ।

ग्रेट म्यान्चेस्टर प्रहरीले जनताहरुसँग यो अपील गरेको छ कि १८ मे पछि यी आक्रमणकारीलाई कहीँ देखिएको बारे जानकारी दिनुहोस । त्यसैदिन आवदी बेलायत छिरेका थिए ।

पुलिसका अनुसार अनुसन्धान तीव्र गतिमा चलिरहेको छ र यसका लागि १ हजार मानिस परिचालन गरिएको छ । साथै सयौं प्रहरी म्यान्चेस्टरको सुरक्षाका लागि तैनाथ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org