ताजा समाचार

दुवईमा एक नेपाली महिलाको हत्या, हत्या आरोपमा एक नेपाली पुरुष पक्राउ

दुवई, १६ जेठ । दुवईमा एक नेपाली महिलाको हत्या भएको छ । शनिवार पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककी २० वर्षीया रीता वाइवाको हत्या भएको हो । हत्या आरोपमा दुवई प्रहरीले एक नेपालीलाई नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचपोखरी थाङचाल गाउँपालिका–३ सिन्धुपाल्चोककै बुले तामाङ रहेका छन्द । दुवईको अलबर्षा क्षेत्रमा रहेको एमिरेट्स हिल्समा रहेको एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी रीताको शव बुले तामाङ कार्यरत घरको पछाडी भेटिएको थियो ।

मामा भनिने बुले तामाङ अघिल्लो साता घरविदामा भारतको दिल्लीमा रहेका परिवारलाई भेट्न गएका थिए । बिदाबाट फर्किदा तामाङले वाइवाको प्रेमीको कागजपत्र ल्याइदिएका थिए । वाइवाले ती प्रेमीसँग केही महिना अघि इङ्गेजमेन्ट गरेकी थिइन् । त्यसैले आफ्नो प्रेमीलाई दुवई बोलाउन पासपोर्ट कपी लगायत अन्य कागजपत्र तामाङसँग मगाएकी थिइन् । त्यही कागजपत्र लिन वाइवा शनिबार तामाङ कार्यरत घरमा ट्याक्सी चढेर पुगेकी थिइन् ।

तामाङ पनि सोही क्षेत्रमा भारतीय नागरिककै घरमा घरेलु कामदारको रुपमा कार्यरत थिए । घरमालिकहरु अमेरिका घुम्न गएका बेला तामाङले वाइवालाई घरमै बोलाएका थिए । नाता नभए पनि उनीहरुले एक अर्कालाई मामा–भान्जी भनेर बोलाउने गर्दथे । वाइवा कागजपत्र लिन भन्दै तामाङको घरमा जानु अघि भारतमा रहेका प्रेमीसँग फोनमा कुरा भईरहेको थियो ।

प्रेमीका लागि राम्रो काम खोजेर भिसा लगाइदिने योजना बनाउँदै कागजपत्र पाएपछि फेरी फोन गर्ने बाचा गर्दै उनीहरु छुट्टिएका थिए ।कागजपत्र पाउलिन् र फेरी फोन गर्लिन् भनेर कुरेका प्रेमीलाई चार दिनसम्म न टेलीफोन आयो न त कुनै म्यासेज । चार दिनपछि अचानक वाइवा मृत अवस्थामा भेटिएको खबर आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org