ताजा समाचार

अफगानिस्तानमा शक्तिशाली कार बम बिष्फोट, ९ जनाको मृत्यु, ६० घाइते

अफगानिस्तान, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली कार बम विष्फोट भएको छ । काबुलस्थित विदेशी दूतावासहरु रहेको भिआइपी क्षेत्रमा शक्तिशाली कार बम विष्फोट हुँदा ९ जनाको ज्यान गएको छ । विष्फोटमा परी कम्तिमा ६० जना घाइते भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ ।

प्रत्यक्षदर्शीका अनुसार कार चढेर आएको एक आत्मघाती आक्रमणकारीले स्वयंलाई बिष्फोट गराएका थिए । अफगान मिडियाहरुका अनुसार विष्फोट काबुलको बजीर अकबर खान इलाकामा भएको थियो । विष्फोट भएको क्षेत्रमा राष्ट्रपति भवन र कयौं देशका दूतावासहरु छन् । तर यो विष्फोट जर्मन दूतावास नजिकै भएको थियो ।

बमको धमाका यति ठूलो थियो कि करिब डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत सामान्य क्षति पुगेको छ । तर, भारतीय दूतावासका सबै कर्मचारीहरु सुरक्षित रहेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटरमार्फत् जानकारी दिएकी छन् ।

विष्फोट भएको स्थान नजिकैका धेरै भवनहरुमा क्षति पुगेको छ । करिब ३० गाडीहरु क्षतिग्रस्त भएका छन् । विष्फोट भएपछि कालो धुवाँको मुस्लो धेरैबेरसम्म आकाशमा उडेको देखिन्थ्यो ।

यसअघि मे १३ मा काबुलमै भएको बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो । यसैगरी गत फेब्रुअरीमा आफगानिस्तानको सर्वोच्च अदालत अगाडि पनि विष्फोट भएको थियो । सो विष्फोटमा २० जनाको ज्यान गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org