ताजा समाचार

काबुलमा शक्तिशाली बम विस्फोटः मर्नेको संख्या ८० पुग्यो, ३५० घाइते

काठमाडौं, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा मर्नेको संख्या ८० पुगेको छ । विष्फोटमा परी तीन सय ५० जना भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली कार बम विस्फोट भएको हो ।

घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरैजसो सर्वसाधारण रहेका छन् । विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा विस्फोट भएको हो । त्यसबेला बजार निकै व्यस्त थियो । अहिले पनि उद्धार तथा राहतको काम भइरहेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org