ताजा समाचार

कुलमान लगायतलाई उच्च अदालतद्धारा १५ दिनभित्र लिखित जवाफ माग

काठमाडौं, १८ जेठ । उच्च अदालत विराटनगर अस्थायी ईजलास ओखलढुंगाले नेपाल सरकार, उर्जा मन्त्रालय र विद्युत प्राधिकरण तथा कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिखित जवाफ मागेको छ । दिनहुँ बिजुली कटौती गरेर विद्युत् नआउँदा समेत शुल्क लिएर उपभोक्ताको अधिकार हनन् गरेको रिटमाथी सुनुवाई गर्दै उक्त फैसला गरेको हो ।

जिल्लाका कानुन व्यवसायी र उपभोक्ताको तर्फबाट दर्ता भएको रिट निवदेनमा अदालतका मुख्य न्यायधीश टेकराज नेपालको इजलाशले बुधबार विपक्षीलाई लिखित जवाफ पेस गर्न र अन्तरिम आदेशबारे छलफलका लागि असार ४ गते उपस्थित हुन निवेदकलाई आदेश दिएको हो । अधिवक्ताहरु एकराज खतिवडा, टेकबहादुर राई, टुकराज निरौला, गुरुबहादुर बस्नेत र उपभोक्ताको तर्फबाट नोकबहादुर कटवालले रिट दायर गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org