ताजा समाचार

पानी पिउनै नपाएर ४४ जना आप्रवासीको मृत्यु

काठमाडौं, १९ जेठ । अफ्रिकाको उत्तरी नाइजरमा पानी पिउनै नपाएर ४४ जनाको मृत्यु भएको छ । नाइजरको मरुभूमिमा यात्रारत एक गाडी बिग्रँदा अलपत्र परेका यात्रुको मृत्यु भएको रेडक्रसले जनाएको हो । ६ जनाले भने मरुभूमिबाट नजिक पर्ने दिरकू गाउँ पुगेर आफ्नो ज्यान बचाएका थिए । बच्ने सबै महिला भएको जनाइएको छ ।

प्यासकै कारण मारिनेमा केही बच्चा पनि छन् । घाना र नाइजेरियाका उनीहरु लीबिया जाँदै थिए । उद्धारका लागि पुग्न पनि कठीन भएको जनाइएको छ । उत्तरी अफ्रिका पुग्नका लागि नाइजरका धेरैजसो प्रवासी यही बाटो प्रयोग गर्दछन् भने यही बाटो हुँदै उनीहरु भूमध्य सागर पार गरी यूरोप जाने गर्दछन् ।

सहारा मरुभूमिको विशाल यस क्षेत्रमा यात्रा गर्ने कति मानिस मारिन्छन् भन्ने यकिन गर्न नै गाह्रो हुने समाचार संस्थाहरुले जनाएका छन् । गत वर्ष पनि यही क्षेत्रमा ३४ प्रवासीको शव फेला परेको थियो, जसमा धेरै बच्चा थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org