ताजा समाचार

लुम्बिनीबाट बेपत्ता पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग पहिलो पटक जानकारी माग्यो

काठमाडौं, १९ जेठ । पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

पाकिस्तानले हबिबको खोजी गर्न नेपाल सरकारसँग आग्रह गरेको थियो। नेपालले उनीबारे अहिले पनि अनुसन्धान भैरहेको जनाएको छ । पाकिस्तानी सेनाको गुप्तचार संस्था आइएसआइका लागि पूर्व अधिकारी हबिब काठमाडौंबाट लुम्बिनी पुग्ने वित्तिकै बेपत्ता भएका थिए।

भारतीय सञ्चार माध्यमहरुले जासुसीको आरोपमा पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौ सेनाका पूर्व अधिकारी कुलभूषण जादव प्रकरणको नयाँ ट्विट्सको रुपमा यसलाई व्याख्या गरेका छन्। बेनामे सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको समाचारहरुमा जासुसीको अभियोगमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका पूर्व अधिकारी जादवको सुरक्षित रिहाइका लागि हबिबलाई भारतीय पक्षले अपहरण गरेको बताइएको थियो।

अन्तिम पटक गत चैत २४ गते भैरहवास्थित लुम्बिनी बिमानस्थलमा देखिएका हबिबबारे इस्लामावादले पहिलो पटक दिल्लीसँग जानकारी माग गरेको हो। भारतीय पक्षले उनीबारे कुनै जानकारी नभएको जनाएपनि पाकिस्तानी सरकारले भने भारतीय गुप्तचार संस्था ‘रअ’ले अपहरण गरी आफ्नो हिरासतमा राखेको बताउँदै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org