ताजा समाचार

कतार प्रकरणमा ट्रम्पले खुसी मनाए, फिलिपिन्सले कामदार पठाउन रोक्यो


काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घटनालाई आफ्नो सफलताका रुपमा ब्याख्या गरेका छन् । ट्रम्पले ट्वीट गर्दै हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताएका छन् ।

‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिबादलाई अब सहायता नदिइने बताएको थिएँ,’ ट्रम्पले भने, ‘अरब मुलुकका नेताले कतारलाई यसमा साबधान गराएका छन् ।’

भ्रमणका अबसरमा साउदी राजाले इरानले आतंकबादलाई प्रायोजन गरेको आरोप लगाएका थिए । अहिले साउदीसहितका देशहरुले कतारलाई पनि सोही अभियोग लगाउँदै कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।

कतारमा अमेरिकी सेनाको मध्यपूर्वमै सवैभन्दा ठूलो सैन्य अखडा रहेको छ । कतारलाई एक्ल्याउने सन्दर्भमा अमेरिकासमेत खुलेरै लागेपछि अब अमेरिका र कतारको सम्बन्ध पनि चिसिने देखिएको छ ।

फिलिपिन्सले कामदार पठाउन रोक्यो

यसैवीच फिलिपिन्सले कतारमा आफ्ना कामदार पठाउन रोक लगाएको छ । श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक लगाइएको फिलिपिन्सको श्रम मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org