ताजा समाचार

अध्ययनः भारतीय माओवादीसँग २ लाख कार्यकर्ता र १० हजार स्पेशल लडाकु फोर्स

काठमाडौं, २४ जेठ । भारतका विभिन्न जिल्लाहरुमा माओवादी आतंक व्याप्त छ । विगत केही दशकदेखि माओवादीले भारतको पहाडि क्षेत्रलाई निशाना बनाएर आतंक मच्चाईरहेको छ । भारतमा नयाँ जनवादी गणतन्त्र प्राप्तिका लागि सशस्त्र संघर्ष गरिरहेको भारतीय माओवादीहरुको प्रभावले पछिल्लो समय निकै बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

भारतीय प्रहरीको विशेष सुरक्षा व्यूरोले गरेको अध्ययनअनुसार भारतीय माओवादीले छतीसगढ, झारखण्ड, तेलंगना लगायतका क्षेत्रमा सक्रिय रुपमा आफ्ना गतिविधि बढाईरहेको छ ।

भारतीय सरकारी पक्षको माओवादी विरोधी तेलंगना राज्य प्रहरीको स्पेशल इन्टेलिजेन्स ब्रान्चले तयार पारेको अध्ययनअनुसार माओवादीहरुसँग हाल २ लाख मास बेस्ड कार्यकर्ता रहेको र १० हजार स्पेशल लडाकु फोर्स रहेको देखाएको छ । भारतका विभिन्न ३४ जिल्लामा भारतीय माओवादीको प्रभाव बढी देखिएको अध्ययनमा उल्लेख गरेको छ ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार भारतीय माओवादीहरुले चार हजार सशस्त्र कम्पनी फर्मेशन समेत निर्माण गरेको सरकारी जासुशी निकायले बताएको छ । यो बीचमा भारतीय माओवादीहरुले छतीसगढको सुक्मालगायत कैयौं ठाउँमा ठूलो स्केलमा सरकारी सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपछि सरकारी सुरक्षा चुनौति बढ्को अध्ययनको ठहर छ ।

भारतीय माओवादीले जनवादी गणतन्त्र प्राप्तिका भन्दै विशेषगरी भारतीय सुरक्षाकर्मीलाई निशाना बनाईरहेको छ । जसले गर्दा भारतीय सुरक्षा निकायलाई माओवादी ठूलो चुनौती बन्दै गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org