ताजा समाचार

इरानको संसदभित्र गोलीबारी, तीन बन्दुकधारीद्वारा अन्धाधुन्द गोलीबारी

काठमाडौं, २४ जेठ । इरानको संसदभित्र गोलीबारी भएको छ । घटनामा अहिलेसम्म दुईजना घाइते भएको खबर सार्वजनिक भएको छ । स्थानीय मीडियाका अनुसार तीन बन्दुकधारीले संसद भित्रका मानिसलाई बन्धक बनाएका छन् । केही सांसदका अनुसार उक्त गोलीबारीमा घाइते एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

तस्मिन न्यूजका अनुसार अहिले पनि इरानको संसदभित्र गोलीबारी जारी छ । सुरक्षा बलको तर्फबाट एक हमलाकर्तालाई पक्राउ गरेको खबर पनि छ तर अहिलेसम्म यसको पुष्टि भने भएको छैन । बन्दुकधारी कति संख्यामा छन् भन्ने प्रष्ट भइसकेको छैन । केही संचारमाध्यमले संसद भवनमा केहीलाई बन्धक बनाइएको जनाएका छन् । तर यसबारे विस्तृत विवरण आइसकेको छैन ।

हमलामा कसको संलग्नता छ र उसको उद्देश्य के हो भन्ने पनि प्रष्ट भइसकेको छैन । एक सांसदले मयसाम बिजार नाम गरेका स्थानीय पत्रकारलाई दिएको जानकारी अनुसार संसद भवनमा चार बन्दुकधारी छन् । उनले हमलामा आठ जना घाइते भएको पनि बताए । तर केही अघि संसद भवनभित्र एकजना हतियारधारी रहेको बताइएको थियो ।

इरानको समाचार एजेन्सी ‘आइआरआइबी’ ले एक सांसदलाई उद्धृत गर्दै जनाएअनुसार ‘एके–४७’ हतियारसहित हमलाकारी संसदमा प्रवेश गरेका हुन् । ती सांसदले तीन हतियारधारीलाई आफूले देखेको पनि बताएका छन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org