ताजा समाचार

देउवा सरकारमा ४ मन्त्री नयाँ अनुहार तथा ४ मन्त्री दोहोरिए

काठमाडौं, २४ जेठ । नवनिर्वाचित शेरबहादुर देउवा सरकारमा ४ जना मन्त्रीहरु नयाँ अनुहार रहेका छन् । नवगठित आठ सदस्यीय मन्त्रिपरिषदमा तीन जना मन्त्री प्रचण्ड नेतृत्व सरकारका समेटिएका मन्त्री हुन् भने चार जना नयाँ अनुहार रहेका हुन् । दोहोरिएकामा विजय गच्छदार, कृण्णबहादुर महरा र जनार्दन शर्मा रहेका छन् । यसअघि महरा अर्थ, शर्मा उर्जा र गच्छदार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा थिए ।

देउवा नेतृत्वको सरकारमा भने गच्छदारले उप्रप्रधानसहित संघीय, महराले पनि उपप्रधानसहित परराष्ट्र र शर्माले गृह मन्त्रालय पाएका छन् । त्यस्तै माओवादीबाट विनाविभागीय मन्त्रिमा सपथ खाएका प्रभु साह नयाँ अनुहार हुन् । शाह व्यवस्थापिका संसदको श्रम समिति सभापति रहेका छन् ।

कांग्रेसबाट सपथ खाएका गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की र फरमुल्लाह मन्सुर देउवा नेतृत्वको सरकारमा नयाँ अनुहार भएपनि तीनै जना यसअघि मन्त्री भने भइसकेका अनुहार हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org