ताजा समाचार

रसियाको फाइटर जेट र अमेरिकाको बम्बर जहाज आमनेसामने

काठमाडौं, २४ जेठ । बाल्टिक समुद्रको अन्तर्राष्ट्रिय जल क्षेत्रमा रसियाको फाइटर विमान र अमेरिकी बम्बर जहाज आमने सामाने भएका छन् । जुन ६ मा रसियाको हवाई क्षेत्रको अनुगमन गरिरहँदा एउटा विमान बाल्टिकको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट रसियाको सीमातर्फ आउँदै गरेको भेटिएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ ।

जसलाई हस्तक्षेप गर्न रसियन हवाई सुरक्षा फौजले सुखोई–२७ फाइटर जेठ पठाइएको राष्ट्रिय समाचार एजेन्सी टासले रसियाली रक्षा मन्त्रालयाई उद्धृत गर्दै जनाएको छ । ‘रसियाको सुखोई–२७ जहाजले सुरक्षित दुरी राखेर त्यहाँ पुगेको थियो ।

विमान अमेरिकी वि–५२ बम्बर रहेको पत्ता लागेपछि त्यसलाई केही बेर एस्कर्ट गरेको थियो । पेन्टागनले पनि हस्तक्षेप भएको पुष्टि गरेको छ । रसियाको मिग–३१ फाइटर जेटले नर्वेको पि–३सी ओरियोन विमानलाई मंगलबार नै हस्तक्षेप गरेको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org