ताजा समाचार

सरकारी कर्मचारीलाई कण्डम भत्ता, किसानलाई लागत समेत दिईदैंन

काठमाडौं, २४ जेठ । भारतमा अहिले धेरै किसानहरु आन्दोलनमा छन् । किसानहरु यतिबेला विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका छन् । मध्यप्रदेशको मन्दसौरमा पुलिसले गोली चलाउँदा कम्तिमा ६ किसानको ज्यान गएको छ भने कैयौ किसान घाइते भएका छन् ।

महाराष्ट्रमा किसान आफ्ना मागलाई लिएर विगत एक जूनदेखि हड्तालमा छन् । यो भन्दा पहिले तमिलनाडुका किसानले हातमा खप्पर लिएर तथा मुखमा मुसा मार्ने औषधी लिएर दिल्लीमा अर्धनग्न प्रदर्शन गरिसकेका छन् । केन्द्र सरकारले आफ्नो कार्यकालको तीन वर्ष पुरा हुँदा किसानको हितको लागि भन्दै धेरै योजना लागू गरेको छ ।

नीम कोटेड यूरिया, किसान चैनल तथा सोइल कार्ड जस्ता योजना लागू गरिएको धेरै समय भईसक्यो । तर खेत छोडेर सडकमा आउने किसानको आवाज एक अलग कहानी जस्तै बन्दै गएको छ । विपक्षी दल पनि किसानको समर्थनमा आन्दोलन गर्ने बताईरहेको छ । भारतीय जनता पार्टीका केही नेता तथा राष्ट्रीय स्वयंसेवक संघसँग जोडिएका भारतीय मजदूर संघको अखिल भारतीय कृषि ग्रामीण मजदूर महासंघले पनि केन्द्र तथा राज्य सरकारसँग किसानसँग जोडिएका समस्या उठाउन सुरु गरेका छन् ।

हरितक्रान्तिको तथा किसानका दिन बदल्ने समयकाबीच किसान, उनकाबीचमा काम गर्नेबाला तथा कृषि विशेषज्ञ समेत सबैको राय छ की खेती गर्नेवालाहरुका सामने दिन प्रतिदिन समस्या बढ्दै गएको छ । बीबीसी हिन्दीले यो समस्याका बारेमा जान्ने कोशिश गरेको छ ।

किसानाहरुको समस्या के हो ?

सबैभन्दा मुख्य कुरा यो हो की देशका अलग अलग भूभागमा किसान आन्दोलनको लागि सडकमा के उत्तर छ । कृषि मामलाका विशेषज्ञ देवेन्द्र शर्मा भन्छन्, दशकौ देखि किसानमाथि अन्याय भएको छ । सारा देशमा किसान दुःखी छन् । तथा उनीहरुमाथि सडकमा उत्रिएर आन्दोलन गर्ने विकल्प छैन् । किसानसँग एक समस्या हो की उनीहरुलाई उचित मुल्य मिल्दैन् ।

किसानहरुको गुनासो रहेको छ की सरकारी कर्मचारीहरुलाई कण्डम भत्ता समेत पाईन्छ । तर किसानलाई उनीहरुको लागत समेत मिल्दैन् । यसले उनीहरुमाथि ठूलो अन्याय भईरहेको कृषि विशेषज्ञको बुझाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org