ताजा समाचार

म्यानमारमा हराएको विमान दुर्घटनाग्रस्त समुद्रमा भेटियो

काठमाडौं, २५ जेठ । चालक दलका सदस्यसहित १२० जना सवार म्यानमारको एक सैनिक विमान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुधबार सम्पर्कविहीन भएको विमानको केही टुक्रा अन्दामन समुद्रमा भेटिएको बिबिसीले जनाएको छ । जल सैनिकले समुद्रमा खसेको विमानको भग्नावशेष खोजिरहेको खबरमा उल्लेख छ ।

विमानमा १४ जना चालक दलका सदस्य र १ सय ६ जना सैनिकका आफन्त तथा परिवार सवार थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । म्यानमारको राजधानी रंगुनबाट मेइक शहरका लागि उडेको विमान दुर्घटनामा परेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org