ताजा समाचार

अन्तर्राष्ट्रिय प्रतिबन्धको बेवास्था गर्दै उत्तर कोरियाद्धारा एकैपटक ४ क्षेप्यास्त्र परीक्षण

काठमाडौं, २५ जेठ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध र दबाबको बेवास्ता गर्दै पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ । बिहीबार बिहानै उत्तर कोरियाले एकै पटक चारवटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले दावी गरेको छ । छोटो दुरीका ती क्षेप्यास्त्र दक्षिण कोरियालाई निशाना बनाउने क्षमताको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर छन् ।

अमेरिकी रक्षा अधिकारीले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेको बिबिसीले जनाएको छ । ती अधिकारीका अनुसार तटीय क्षेत्र वोनसनबाट चारवटा क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

ती क्षेप्यास्त्र झण्डै एक सय २५ माइलको दुरीमा खसेको दक्षिण कोरियाले जनाएको छ । संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुत पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org