ताजा समाचार

आतंकवादी हमलाको त्रासकाबीच बेलायतमा आमनिर्वाचन

काठमाडौं, २५ जेठ । बेलायतमा आज आमनिर्वाचनका लागि मतदान भईरहेको छ । केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए ।

तर बिहीबारको निर्वाचनका लागि मतदान सुरु भएको जनाइएको छ । केही समयअघि देखि मतदान सुरु भएको र शान्तिपूर्ण रुपमा जारी रहेको जनाईएको छ । सुरक्षा व्यवस्थालाई निकै नै कडा पारिएको छ । निर्वाचनमा मुलतः बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको छ ।

यसअघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ । बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ । पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको छ ।

शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उहाँको लोकप्रियता पछिल्लो समयमा घटेको छ । त्यसैले लेबर पार्टीका नेताको पक्षमा सो परिणाम जानसक्ने अवस्था पनि देखिएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org