स्वास्थ्य मन्त्रालयद्धारा भरतपुर अस्पतालको गुरुयोजना स्वीकृत
चितवन, २५ जेठ । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ । गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी र जिल्लावासी उत्साहित भएका छन् । देशकै मध्यभागमा रहेकाले तराई र पहाडका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउन यो अस्पताल प्रभावकारी हुने विश्वास लिइएको छ ।
अस्पताल परिसरमा हाल दुईवटा ठूला भवन निर्माण भएको र तेस्रो भवन निर्माणका लागि सम्झौता हुने क्रममा छ । रु २४ करोडको लागतमा सो भवन निर्माण गर्न लागिएको हो । अस्पताल क्षेत्रभित्र टिनका छाना भएका पुराना भवनमा पनि बिरामी राखिएका छन्। तेस्रो भवन बनेसँगै अस्पतालमा दिइने सेवा भूकम्प प्रतिरोधी नयाँ भवनबाट दिइनेछ ।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गुरुयोजनाअन्तर्गत १४ बिगाहा १० कट्ठा जग्गामा छुट्टाछुट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास, बिरामी कुरुवा स्थल, पार्किङ, फूलबारीलगायतका संरचना निर्माण गरिनेछ । शुद्ध खानेपानीसँगै अस्पताल आफैले अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्नेछ । फोहर व्यवस्थापनका लागि इन्सिनेटर नामक उपकरण जडान गरिनेछ । रु ६ अर्ब ५४ करोडको लागतमा गुरुयोजनाअनुरुपको काम सम्पन्न गर्न सकिने प्रारम्भिक प्रस्ताव पेस गरिएको थियो ।
भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घसंस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहामात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले उपयोग गर्दै आएको तीन बिगाहा १० कट्ठा जग्गासमेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए ।
गुरुयोजना पारित भएसँगै आर्थिक र जनशक्तिका लागि प्रस्ताव तयार गरेर स्वास्थ्य विभागमा बजेटका लागि पेस गरिने र सो प्रस्ताव दाताहरु समक्ष पनि पेस गरिने डा मरासिनीले बताए । सरकारले बजेट उपलब्ध गराए पाँच वर्षभित्रमा गुरुयोजनाअनुरुपको काम हुने अनुमान गरिएको छ । रासस
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...